मिसन मंगल ट्रेलर: अक्षयको टिमले कसरी गर्नेछ मंगल ग्रहमा सफल परिक्षण ?



रंगखबर, काठमाडौँ – अगस्त १५ मा रिलिज हुने बलिउड फिल्म ‘मिसन मंगल’को ट्रेलर रिलिज गरिएको छ । अक्षय कुमार स्टारर फिल्ममा विद्या वालन, तापसी पन्नु, शरमन जोशी, कीर्ति कुल्हारी, सोनाक्षी सिन्हा र नित्या मेननको पनि मुख्य भूमिका छ ।

सत्य कथाबाट प्रेरित भनिएको ‘मिसन मंगल’, भारतीय अन्तरिक्ष बैज्ञानिक राकेश धवन र तारा सिंधेले मंगल ग्रहमा गरेको सफल स्याटेलाइट परिक्षणमा आधारित छ । जहाँ अक्षय र विद्याले राकेश र ताराको भूमिका निर्वाह गरेका छन् । सिमित श्रोत र साधनमै गरिएको परिक्षणको सफल हुने मौका मात्र १ प्रतिशत मात्र थियो ।

पछिल्लो समय बलिउडमा सत्य कथा र बायोपिकमा फिल्म निर्माणको जाल नै फिजिएको छ । जुन, जाल मध्येको एक ‘मिसन मंगल’ले ट्रेलरबाटै अत्याधिक सकारात्मक कमेन्ट भेटिसकेको छ ।

सम्भवत: बलिउडकै स्पेस साइन्समा आधारित पहिलो फिल्मलाई जगन शक्तिले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्