लभस्टोरी ‘लभ यू हमेशा’को टिजर रिलिज



रंगखबर, काठमाडौँ – भदौ २७ मा रिलिज हुने फिल्म ‘लभ यू हमेशा’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकार यशराज गरच र ऋचा थापा बीचको प्रेम, रोमान्स र बिछोड देखाइएको छ ।

लभस्टोरी कथामा निर्मित फिल्मलाई भाष्कर प्रधानले निर्देशन गरेका हुन् । फिल्ममा लेखन पनि उनकै छ । कालेबुङ र सिलगुडीमा छायाँकन गरिएको फिल्ममा फिजा योन्जन, शिशिर राणा, गोपाल ढकाल ,सुरज श्रेष्ठ, सौरभ श्रेष्ठ, गीता बर्मा, करुणा श्रेष्ठ, निराजन मेहत्ताा, पीटी योल्मो, प्रमिला राई, सल्देन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

धर्मा क्रियसन प्रालिको व्यानरमा निर्मित फिल्ममा एनबी महर्जनको द्वन्द्व, शिव ढकालको छायाँकन, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन छ । यवन गुरुङले निर्माण गरेको फिल्मको सह-निर्मातामा मिलन गुरुङ छन् ।

https://youtu.be/92PRWtDzrQE

प्रतिक्रिया दिनुहोस्