‘सिंन्दुर भरिदिने कोहि आईदेउ’ भन्दै सहिमाले निकालिन यस्तो गीत



रंगखबर, काठमाडौँ- गायिका सहिमा श्रेष्ठले तीज गीत ‘हर हर महादेव’ सार्वजनिक भएको छ। गीत मार्फत गायिका सहिमाले कयौं तीजमा व्रत बस्दा पनि कोहि साथि नभेटिएको भन्दै यो वर्षको ब्रतले शिरमा सिंन्दुर भरिदिने कोहि आईदेउ भन्दै आग्रह गरेकी छिन् । गीतमा चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत र अमर वान्तुले शब्द सृजेका छन् । कृष्ण पुनको एरेञ्ज रहेको गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना प्रमुख फिचर्ड छिन् । उनीसँगै गायिका श्रेष्ठले पनि गीतमा ठुम्का लगाएकी छन् ।

गीत हेर्नुस:

बसन्त निरौलाको निर्देशन तथा पवित्रा आचार्यको कोरियोग्राफी रहेको ‘तिम्रो शहर’ बोलको गीतमा गायिका सहिमा श्रेष्ठको स्वर तथा दिपक शर्माको संगीत छ भने गीतकार अमर वान्तुका शब्द छन् । गीतको भिडियोमा नायक अनुप बिक्रम शाही र नायिका आँचल शर्माको अभिनय छ ।

विमोचन समारोहमा पूर्वमन्त्री एवं गीतकार एस.पि. कोईराला प्रमूख अतिथी थिए भने बरिष्ठ गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायतका व्यक्तित्वहरुको साथै संचारकर्मीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्