मलाइकासँगको डिभोर्स पछि २२ वर्ष कान्छी युवतीको प्रेममा अरबाज



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता अरबाज खानको आज ५२ औँ जन्मदिन हो । कलाकारको जन्मदिनमा मिडियाले उसको सफलता र असफलताको कुरा समेटेर समाचार बनाउछन । तर, अरबाजको हकमा त्यो लागु भएन । भारतीय मिडियाले उनको नयाँ प्रेमिकालाई सार्वजनिक गर्दै समाचार सम्प्रेषण गरे ।

नगरुन पनि किन, अरबाज फिल्म भन्दा पनि युवतीसँगको सम्बन्धको कारण चर्चामा जो आउछन । १९ वर्षे लामो सम्वन्धलाई विश्राम दिदै पत्नी मलाइका अरोरासँग डिभोर्स भएको झन्डै २ वर्ष वितिसक्यो ।

उता मलाइका अभिनेता अर्जुन कपूरसँगको प्रेममा लिप्त छिन् । यसैबीच अरबाज पनि डिभोर्स पिडालाई भुलेर अगाडी बढिसकेका छन् । पछिल्लो खबर अनुसार उनि इटालियन मोडल जर्जिया एंड्रियानीसँगको प्रेममा छन् ।

दुवै जना अहिले एक-अर्कालाई डेट गरिरहेका छन् । रोचक कुरा त के छ भने, अरबाज भन्दा जर्जिया २२ वर्ष कान्छी छिन् । उता मलाइका अर्जुन भन्दा ११ वर्ष जेठी हुन् ।

अहिले अरबाजले मलाइकालाई देखाउन कै निमित्त २२ वर्ष कान्छी युवतीसँग प्रेमको जाल रचेको भन्ने हल्ला छ ।

प्रतिक्रिया दिनुहोस्