रिशुको नयाँ गीतमा ‘मिसअण्डस्ट्यान्डिङ’ले निम्त्याएको क्षण



रंगखबर, काठमाडौँ – रिशु रौनियारले ‘हाम्रो कथा’ बोलको गीत सार्वजनिक गरेका छन् । हाल अध्ययनको शिलशिलामा अमेरिकामा रहेका रिशु संगीत क्षेत्रमा केहि योगदान दिन चाहन्छन ।

मार्मिक गीतको भिडियोमा दीक्पाल कार्की र अन्जु चौलागाईंले अभिनय गरेका छन् । गीतमा गायक रौनियारकै शब्द/संगीत छ । कान्ति केसीले निर्देशन गरेको भिडियोमा ‘मिसअण्डस्ट्यान्डिङ’ले प्रेममा पारेको प्रभावलाई उजागर गरिएको छ ।

ड्रिम्स स्टुडियोबाट मिक्सिङ तथा मास्टरिङ गरिएको गीतलाई अजय रेग्मीले खिचेका हुन् । भने, निर्देशक केसीले नै सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्