दशैँ पुर्वसन्ध्यामा ‘रातो टिका निधारमा’, शिवरात्रीमा ‘दयारानी’



रंगखबर, काठमाडौँ – पछिल्लो साताको विकेन्डमा दुई नेपाली फिल्मले रिलिज मिति तय गरेका छन् । दशैँ रिलिज घोषणा गरिएको ‘रातो टिका निधारमा’ले असोज १० लाई आधिकारिक रिलिज डेट बनाएको छ ।

त्यस्तै यसअघि दुई पटक पछाडी सरेको ‘दयारानी’ले नयाँ रिलिज डेट चुनेको छ । जेठ १० देखि साउन ३० मा पुगेको ‘दयारानी’ अब महाशिवरात्रीको अवसर पारेर फागुन ९ मा रिलिज हुनेछ ।

‘दयारानी’ फागुन ९ मा पुगेसँगै यो मितिमा तीन ठुला फिल्मको भिडन्त पक्का भएको छ । अहिले छायाँकनमा रहेका ‘आमा’ र ‘लप्पन छप्पन २’ले सुटिङमा जानु अगावै रिलिज तय गरेका थिए ।

अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ले असोज १० लाई रिलिज तोकेपनि दशैँ लक्षित अर्को ठुलो फिल्म ‘छ माया छपक्कै’ अन्यौलमै छ । दीपेन्द्र लामा निर्देशत ‘छ माया छपक्कै’ असोज ३ र १० मध्ये एउटा डेटमा आउने तयारी गरिरहेको थियो । तर, असोज ३ मा ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुने भए पछि भदौ २७ मा आउने सम्भावना बढेको छ ।

‘रातो टिका निधारमा’मा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्माको मुख्य भूमिका छ । भने, माओत्से गुरुङ निर्देशित ‘दयारानी’मा दयाहाङ राई र दीया पुनको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्