‘ड्रिम गर्ल’ ट्रेलर: राष्ट्रिय अवार्ड विजेता आयुषमानको उपहार



रंगखबर, काठमाडौँ – आयुषमान खुराना स्टारर फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर रिलिज भएको छ । भर्खरै मात्र राष्ट्रिय अवार्ड – २०१८ मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका आयुषमानले मनोरंजनको खुराक पस्केका छन् ।

‘ड्रिम गर्ल’को कथा यस्तो युवकको हो । जसले रामलीलामा महिला बनेर सिताको भूमिका निर्वाह गर्छ । एक दिन उसको पिताले थाहा पाएर गाली गरेपछि उ कल सेन्टरमा जागिरे बन्न पुग्छ । त्यहाँ ग्राहक बनाउने क्रममा उसले महिलाको लवज र स्वरमा ग्राहकसँग अन्तरक्रिया गर्छ ।

उसको बोलिमा लठ्ठीएर थुप्रै पुरुषहरु प्रेममा पर्छन । जहाँ समलिंगी महिला पनि उसको प्रेममा पर्छिन । पूजा नामको उक्त पात्र आयुषमानले निभाएका छन् । स्वरबाटै प्रेममा परेका ती पात्रको लागि पूजा अर्थात आयुषमान ‘ड्रिम गर्ल’ सावित हुन्छिन । आयुषमानको प्रेमिका पनि छिन् । यिनै पात्रको वरिपरि घुम्ने सिनेमाको ट्रेलर रोमाञ्चक छ ।

‘सोनु की टिटु की स्विटी’बाट लोकप्रियता कमाएकी नुश्रत भरुचाले पनि फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी छन् । राज शान्दिल्या निर्देशित फिल्म सेप्टेम्बर १३ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्