अनमोल ‘एन्टी हिरो’ बन्दा भुवन भिलेन



रंगखबर, काठमाडौँ – सुपरस्टार अनमोल केसी नयाँ फिल्ममा अनुबन्धित भएका छन् । होम प्रोडक्सनको ‘एन्टी हिरो’ नामक फिल्ममा अनमोल फाइनल भएको अभिनेता तथा निर्माता भुवन केसीले जानकारी दिएका छन् ।

एक्सन लभस्टोरी जनराको फिल्ममा भुवनको पनि मुख्य भूमिका रहनेछ । उनि अनमोलको अपोजिट भिलेन भूमिकामा प्रस्तुत हुनेछन । सुपर काजोल फिल्मसको व्यानरमा निर्माण हुने फिल्म तिहार पछि सुटिङमा जानेछ ।

फिल्मको लागि निर्देशक र अन्य कलाकार सार्वजनिक गरिएको छैन । ‘ए मेरो हजुर ३’को सफलता पश्चात अनमोल कुनै पनि फिल्ममा संलग्न भएका थिएनन् । लगातार बक्सअफिस हिट दिएका अनमोलको ‘एन्टी हिरो’ दर्शकको प्रतिक्षामा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्