‘हजार जुनीसम्म’ शिर्ष गीत रिलिज, उदय सोताङको गीतमा आयुषको स्वर



रंगखबर, काठमाडौँ – फिल्म ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक गरिएको छ । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प – २०१९’मा चौथों स्थान हाँसिल गरेका आयुष केसीले गीतमा सुरिलो स्वर दिएका छन् । यसको अर्जिनल भर्सनमा उदय सोताङको स्वर थियो ।

फिल्मको कथा भाव बोकेको गीतमा केहि चल र अचल दृश्य समावेश गरिएको छ । योगेन्द्र घतानीले संगीत दिएको गीतमा पवन चाम्लिङ (किरण)को शब्द सृजना छ ।

गीतको भिडियोमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत र नव-कलाकार अखिलेश प्रधान पनि फिचरिङ छन् । बिकाशराज आचार्य निर्देशित फिल्ममा प्रियंका कार्की र शिवहरी पौडेलको पनि अभिनय छ ।

साउन ३० गते रिलिज हुने फिल्मले निर्देशक आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्