फेरि अक्षयले मारे बाजी, व्यापारमा जोन दोब्बर पछाडी



रंगखबर, काठमाडौँ – भारतीय स्वतन्त्रता दिवसको दिन रिलिज भएको जोन अब्राहम स्टारर फिल्म ‘बटला हाउस’ले पहिलो दिन राम्रो व्यापार गर्न सफल भएको छ । अक्षय कुमारको ‘मिसन मंगल’सँग बक्सअफिसमा भिडेको फिल्मले पहिलो दिन १४.५९ करोड कमायो ।

‘मिसन मंगल’को तुलनामा यो कलेक्सन दोब्बर कम हो । ‘मिसन मंगल’को पहिलो दिनको कमाई २९.१६ करोड छ । गत वर्षको स्वतन्त्रता दिवसमा पनि अक्षय र जोनको बक्सअफिस भिडन्त भएको थियो । त्यस बेला पनि अक्षयले बाजी मारेका थिए । यसपटक पनि त्यही शिलशिला जारी रह्यो ।

गत वर्ष जोनको ‘सत्यमेव जयते’ले पहिलो दिन २० करोड माथिको व्यापार गरेको थियो । भने, अक्षय स्टारर ‘गोल्ड’को व्यापार २५ करोड माथि थियो । एक वर्ष अगाडीको भिडन्तमा अक्षयलाई टक्कर दिएका जोन यसपटक भने कमजोर सावित भएका छन् ।

‘बटला हाउस’ले १८ देखि २० करोडसम्मको ओपनिङ गर्ने अनुमान गरिएको थियो । तर, ट्रेडको आँकलन भन्दा कम व्यापार भए पनि यसलाई सुखद मानिएको छ । दुवै फिल्मलाई समिक्षकले तारिफ गरेका छन् । अब हेर्न बाँकी छ, यो रेसमा को अगाडी हुनेछ ।

निखिल अडवाणी निर्देशित ‘बटला हाउस’मा जोनसँगै म्रुनल ठाकुर र रवि किशनको मुख्य भूमिका छ ।

‘मिसन मंगल’को रेकर्डमय ओपनिङ

प्रतिक्रिया दिनुहोस्