‘जाइरा’की बुलेट श्रृजना (फोटोफिचर)



रंगखबर, काठमाडौँ – भदौ ६ गते रिलिज हुने फिल्म ‘जाइरा’बाट डेब्यु गर्दैछिन् फेसन मोडल श्रृजना रेग्मी । फिल्मको ट्रेलर रिलिज भए पश्चात श्रृजनाको चौतर्फी चर्चा चुलिएको छ । उनको बोल्ड अवतार र ट्रेलरमा देखिएको जबर्जस्त प्रस्तुतिले उनलाई चर्चामा ल्याएको हो ।

सन् २०१६ को मिस नेपाल वर्ल्डमा मिस ट्यालेन्टको उपाधि जित्दै पाँचौं स्थान हाँसिल गरेकी श्रृजना, त्यसपछि मोडलिङमा रमाइरहेकी छन् । मोडलिङ हुँदै अभिनयमा प्रवेश गर्ने बाटो भने ‘जाइरा’ले पुरा गरिदियो ।

फिल्ममा उनले भिलेनको भूमिका निर्वाह गरेकी छन् । मिक्स मार्शल आर्ट नम्रता श्रेष्ठको अपोजिटमा रहेकी श्रृजनाको लागि नम्रता नै थ्रेट हुन् । अभिनयमा पोख्त नम्रताको अगाडी श्रृजनाले आफुलाई प्रमाणित गरेर देखाउनु पर्नेछ । फिल्ममा श्रृजनाको नाम बुलेट छ ।

नेपाली मोडलिङको दुनियाँमा पहिचान बनाउन सफल श्रृजना इन्स्टाग्राम सकृय छिन् । ३ सय ४४ फोटो इन्स्टामा पोस्ट गरिसकेकी श्रृजनाले ४४ हजार बढी फ्लोअर्स कमाएकी छन् ।  श्रृजनाको सुन्दरताको तुलना अभिनेत्री प्रियंका कार्कीसँग पनि हुने गर्छ ।

तस्विर: सृजना रेग्मी इन्स्टाग्राम 

प्रतिक्रिया दिनुहोस्