‘सगुन’ लिएर आइन सुमिता



रंगखबर, काठमाडौँ – गायिका सुमिता राईले एकल एल्बम ‘सगुन’ सार्वजनिक गरेकी छन् । एक प्रेसमिटका बीच सार्वजनिक गरिएको एल्बम प्रमुख अतिथि प्रकाश सायमी, शिला बहादुर मोक्तान र कुन्ती मोक्तान मिलेर गरेका थिए ।

विक्रम राई, मन थुलुङ राई, पुजन लोह्गन, कुमार बिबाहित र शिला बहादुर बस्नेतले संगीत भरेको एल्बममा मुकेश राई, प्रतीक चाम्लिङ, निर्मल परिवेश, र कुमार बिबाहितको शब्द सृजना छ । एल्बममा एरेन्जमेन्टको भूमिका संजय हमाल, शिला बहादुर मोक्तान, रिदन कँडेल, फणिन्द्र राई, हरि लम्साल र पुरुषोत्तम सुवेदीले निर्वाह गरेका छन् ।

एल्बमको ‘हरेक साँझ’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बरलाई गोविन्द राईले निर्देशन गरेका छन् । गायिका सुमितासँगै खरुण राई फिचरिङ गीतमा दीपेन्द्र बस्न्यातको छायाँकन/सम्पादन, उमिशा पाण्डेको मेकअप छ । गीतमा खरुण राईले नै लगानी गरेका छन् ।

https://youtu.be/8ndgSUL_6ws

प्रतिक्रिया दिनुहोस्