कार्तिकमा पुग्यो सुशीलको ‘बादशाह जुट’



रंगखबर, काठमाडौँ – गत सालको पुष १३ गते रिलिज डेट स्थगित गरेको फिल्म ‘बादशाह जुट’ अब कार्तिक १ गते रिलिज हुने भएको छ । पहिलो रिलिज स्थगन गरेको झन्डै ८ महिना पनि निर्माण पक्ष नयाँ रिलिज डेट तय गर्न सफल भएको छ ।

निर्देशक जोनी सिंह राणाले अब कुनै पनि हालतमा कार्तिक १ मा ‘बादशाह जुट’ रिलिज हुने जानकारी दिएका छन् । एक्सन जनराको फिल्ममा सुशील श्रेष्ठ, आमिर गौतम, रोबिन तामाङ, रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपालको अभिनय छ । भने, प्रियंका कार्कीलाई अतिथि भूमिकामा प्रस्तुत गरिएको छ ।

फिल्म सार्वजनिक पोस्टरमा सुशील र रोबिन मात्र फिचरिङ छन् । त्यसैले शिर्षकको अर्थ प्रस्ट्याउने भूमिकामा यी दुई नै हुने अनुमान गर्न सकिन्छ । तर, निर्माण पक्षले आमिरको पनि फिल्ममा मुख्य भूमिका रहेको बताएको छ ।

एच एण्ड बी फिल्मको प्रस्तुतिमा गोल्डेन ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेनमेन्टले सहकार्य गरेको फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिकी)ले लगानी गरेका छन् । फिल्मको लेखन कार्य अभिषेक शशि कुमारले सम्पन्न गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्