विश्वासघातको मुद्दामा वितरक गोविन्द शाही प्रकाउ



रंगखबर, काठमाडौँ – वितरक तथा निर्माता गोविन्द शाहीलाई प्रहरीले पक्राउ गरेको छ । एक वर्ष अगाडी फिल्म ‘लिलिबिली’का निर्देशक मिलन चाम्स र निर्माता सुदीप खड्काले शाहीविरुद्द अपराधिक विश्वास घातको मुद्धामा जाहेरी दिएका थिए ।

दुई वर्ष अगाडी रिलिज भएको ‘लिलिबिली’बाट निर्देशक चाम्स र निर्माता खड्काले शाहीबाट लिनुपर्ने ८७ लाख ७४ हजार ७६५ रुपैयाँ लामो समय वित्दा पनि नपाएपछि उनीहरुले कानुनि प्रकिया अपनाएका हुन् ।

सोहि जाहेरीको आधारमा टेकु अपराध महाशाखाले शाहीललाई सोधपुछको लागि पक्राउ गरेको हो । शाहीलाई ४ र पाँच गते गरि दुई दिन हिरासतमा राखिनेछ । फिल्म ‘लिलिबिली’को निर्मातामा गोविन्द आफै पनि थिए । उनले नि फिल्म वितरणसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्