च च हुई गीत: कति जम्यो आर्यन र मिरुनाको जोडी ?



रंगखबर, काठमाडौँ – साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’को ‘सिल्की सिल्की’ बोलको गीत सार्वजनिक गरिएको छ । मुस्ताङको रमणीय ठाउँमा खिचिएको गीतमा कलाकार आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा फिचरिङ छन् ।

कोरससहितको गीतमा आर्यन र मिरुनाको पहिलो स्क्रिन शेयर जमेको छ । शिशिर खातीले कोरियोग्राफी भरेको गीतमा भोलाराजले पनि ठुम्का लगाएका छन् । संगीतकार राजनराज सिवाकोटीले सधै झैँ लोकलयमा आफुलाई उतारेका छन् । मृत घोले लामा (एजिएल), राजनराज र श्याम लामिछानेले लेखेको गीतमा संगीतकार सिवाकोटी र मेलिना राईको स्वर छ ।

एजिएल इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा माओत्से गुरुङ, पुस्कर गुरुङ, बबिता मल्लले पनि अभिनय गरेका छन् । फिल्ममा सुशन प्रजापतिको छायाँकन, निर्देशक भुटियाकै सम्पादन र अमृत घोले लामाको लगानी छ ।

फिल्म मंसीर ६ गते रिलिज हुँदैछ । आर्यनको आशा गरिएको ‘हजार जुनीसम्म’ हलमा चलिरहेको छ । तर, व्यापार निक्कै कमजोर छ ।

प्रतिक्रिया दिनुहोस्