सुरजको गीतमा कुमारको निर्देशन (भिडियो)



रंगखबर, काठमाडौँ – गायक सुरज पौडेलले आफ्नो पहिलो एल्बम ‘मनको खुसि’को पाँचौ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘सान्नानी’ बोलको गीतमा संचारकर्मी कुमार आचार्यको निर्देशन छ ।

बिकाश चौधरीको संगीत र सबिना केसीको शब्द रहेको गीतमा केवल भुजेल, प्रतिक्षा खड्का चण्डेश्वरी कपाली र आयुष्मा खड्का फिचरिङ छन् ।

गीतमा रामेश्वर हुमागाईंको छायाँकन, साहिल खानको सम्पादन, हरिष खनालको कोरियोग्राफी, मनिष गौतमको कलर करेक्सन छ । गायक पौडेलले आफ्नो एल्बमबाट ‘गोलिले लागे झैँ’, ‘ठुम्काले’, ‘मन पर्यो मन पर्यो’, ‘धेरै पछि’जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्