मलाई विश्वकै मनपर्ने ठाउँ ‘नेपाल’ अवश्य आउँछु – सन्नी लियोनी



रंगखबर, काठमाडौँ – बुधबार मात्रै नेपाल आउने घोषणा गरेकी बलिउड अभिनेत्री सन्नी लियोनीले नयाँ भिडियो मार्फत जसरि पनि आउने वाचा गरेकी छन् । फिल्म ‘पासवर्ड’को गीत छायाँकनको क्रममा खिचिएको उक्त भिडियोमा सन्नीले नेपाल विश्वकै मनपर्ने ठाउँ भन्दै नेपाल आउने वाचा गरेकी हुन् ।

फिल्म रिलिजको तीन दिन पहिला नेपाल आउने सन्नी प्रमोसनल इभेन्ट र ग्राण्ड प्रिमियरमा सहभागी हुनेछिन । फिल्ममा सन्नीले आइटम गीतमा नृत्य पस्केकी छन् । भने, केहि दृश्यमा अभिनय गरेको निर्माण पक्षले दावी गरेको छ ।

सन्नी संलग्न भएकै कारण चर्चामा रहेको ‘पासवर्ड’मा अनुपबिक्रम शाहि, बिक्रम जोशी (विक्की), बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि रानाको अभिनय छ ।

सम्राट बस्नेत निर्देशित फिल्म भदौ २७ गतेबाट अलनेपाल रिलिज हुँदैछ । फिल्ममा बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी छ । बिग बजेटको फिल्मको ट्रेलर निर्माण पक्षले शनिबार सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्