रिलिज भयो नम्रताको ‘जाइरा’, स्पेसल स्क्रिनिङको यस्तो प्रतिक्रिया



रंगखबर, काठमाडौँ – नम्रता श्रेष्ठको शिर्ष भूमिका रहेको फिल्म ‘जाइरा’ कृष्ण जन्माष्टमीको अवसर पारेर शुक्रबारबाट अलनेपाल रिलिज भएको छ । आशुतोष राज श्रेष्ठ निर्देशित नारीप्रधान फिल्मले बदलाको कथा भन्छ ।

सोलो रिलिजको मौका पाएको फिल्मको शुक्रबार विहान राजधानीमा स्पेसल स्क्रिनिङ गरिएको थियो । नेपाली फिल्मकर्मी र पत्रकारको उपस्थिति रहेको स्क्रिनिङ समारोहमा विशेष गरि नम्रताको तारिफ भयो ।

फिल्मको कथाबस्तु पुरानै भए पनि मिक्स मार्शल आर्टको पृष्ठभुमिबाट बदलाको पटकथा बुनिएको छ । त्यसैले केहि हदसम्म फिल्मले नयाँ टेस्ट दिन्छ । नम्रताको अभिनय र एक्सन दृश्यले दर्शकको मन जित्छ । डेब्यु गर्ल सृजना रेग्मीले पनि तारिफ बटुलिन । सौन्दर्य प्रतियोगिता, फेसन मोडलिङ हुँदै अभिनय यात्रा थालेकी सृजनाले सम्भावना देखाएकी छन् ।

स्क्रिनिङमा फिल्मको छायाँकन पक्षलाई पत्रकारले कमजोर भनेका छन् । भने, प्रमोद अग्रहरीको अभिनय लाउड छ । फिल्ममा अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, जता श्रेष्ठ र सम्राट मगरले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्