‘हिमालय रोडिज’ सिजन ३ घोषणा, यस्ता छन विशेषता



रंगखबर, काठमाडौँ – सफलता पुर्वक दुई सिजन सम्पन्न गरेको ‘हिमालय रोडिज’को तेस्रो सिजनको लागि अडिसन आव्हान गरिएको छ । युवापुस्ता माँझ लोकप्रिय एडभेन्चर रियालिटी शोबारे शुक्रबार राजधानीमा एक कार्यक्रम गरेर जानकारी दिइएको छ ।

सेलेब्रेटी ग्याङ लिडरको नयाँ संरचनामा आधारित हुने शोमा दीया मास्के, आशिष राना (लाहुरे), पहिलो रोडीजका विजेता समन श्रेष्ठ र अभिनेता अनुपविक्रम शाही निर्णायक हुनेछन । नेपालगन्ज, पोखरा, चितवन, धरान र काठमाडौँको अडिसनबाट छानिएका १० देखि १५ जना प्रतिस्पर्धी ४ ओटा ग्याङ (समुह)मा विभाजन गरिनेछ । अघिल्लो सिजनका निर्णायक रेमनदास श्रेष्ठले भने यसपटक होस्टको भूमिका निर्वाह गर्नेछन् ।

भयाकम – १८ को लाइसेन्स अन्तर्गत प्रशारण हुने शोको टाइटल स्पोन्सर ‘यामाहा एट जेट’ रहनेछ । भदौ २८ देखि धरानबाट सुरु हुने अडिसन भदौ ३१ मा चितवन, असोज ३ मा नेपालगन्ज, असोज ६ मा पोखरा र असोज ९ मा काठमाडौँमा सम्पन्न हुनेछ ।

शोमा सहभागिता जनाउन www.himalayatv.com/roadies वा www.facebook.com/himalayatv मा गएर अनलाइन फर्म भरेर आफ्नो नागरिकताको फोटोकपि र फोटो लिएर अडिसनमा पुग्नु पर्नेछ । प्रतियोगिताको विजेताले नगद र यामाहा एफ जेट मोटरसाइकल जित्नेछन् ।

यसपटक उच्चस्तरीय प्रविधि, नयाँ ढाँचा र नयाँ गन्तब्यसहित शो आयोजना गर्ने कार्यक्रममा निर्देशक अमनप्रताप अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्