‘वार’को ट्रेलरमा ऋतिक र टाइगरको दमदार एक्सन



रङ्गखबर, काठमाडौँ  – ऋतिक रोशन र टाइगर श्रोफ स्टारर फिल्म ‘वार’को ट्रेलर रिलिज गरिएको छ । यसराज व्यानरको प्रतिक्षित फिल्ममा बलिउडका दुई ह्याण्डसम हंक हिरोज पहिलो पटक देखिएका छन् ।

ट्रेलरमा ऋतिक र टाइगर बीच खतरनाक स्टन्ट, एक्सन सिन्स, फाइट सिक्वेन्सको भरपुर प्रयोग गरिएको छ । ट्रेलरमा लोकेशन, ब्याकग्राउण्ड म्युजिक र छायाँकन पनि जबर्जस्त छन् ।

फिल्ममा ऋतिक र टाइगरलाई गुरु-चेलाको रुपमा प्रस्तुत गरिएको छ । अक्टुबर २ (असोज १५  गते) रिलिज हुने फिल्मलाई विश्वका ७ देशका १५ शहरमा छायाँकन गरिएको छ ।

२ मिनेट २५ सेकन्ड लामो ट्रेलरमा अभिनेत्री वाणी कपूरका केहि दृश्य पनि समावेश गरिएको छ । बलिउड एक्सन स्टार ऋतिक र टाइगर भएकै कारण ‘वार’ व्यग्र प्रतिक्षामा छ । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्