स्पेशल शोमा ‘जाइरा’को तारिफ, को-को पुगे फिल्म हेर्न ?



रंगखबर, काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जाइरा’को मंगलबार राजधानीमा स्पेसल शो सम्पन्न भएको छ । दोस्रो स्पेसल शोमा नेपाली फिल्म क्षेत्रका चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो ।

नम्रता श्रेष्ठ स्टारर फिल्म हेर्न अभिनेता भुवन केसी, सुनिल थापा, सन्दीप क्षेत्री, कोशिस क्षेत्री, अभिनेत्रीद्वय गौरी मल्ल, रेखा थापा, केकी अधिकारी, रिमा विश्वकर्मा र निर्देशक तर्फ, दीवाकर भट्टराई, विशाल भण्डारीसहित फिल्म युनिट कुमारी हल परिसर पुगेका थिए ।

फिल्म हेरे पश्चात सबैले नम्रताको अभिनय र मिहेनतको प्रसंसा गरे । विशेषत: अभिनेत्रीहरुले महिला प्रधान फिल्म न्यून बनिरहेको अवस्थामा ‘जाइरा’ टिमले लिएको हिम्मतको तारिफ गरे । त्यस्तै डेब्यु गर्ल सृजना रेग्मी र अभिनेता प्रमोद अग्रहरीले पनि कामको कारण बधाई थापे ।

आशुतोष राज श्रेष्ठ निर्देशित फिल्ममा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ, सम्राट मगरको पनि अभिनय छ । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्ममा प्रनीता श्रेष्ठ र कारा श्रेष्ठको लगानी छ ।

पछिल्लो समय निक्कै सुस्ताएको नेपाली फिल्मको व्यापारलाई ‘जाइरा’ले केहि माथि उठाउने आशा गरिएको थियो । तर, पाँचौं दिनसम्म आइपुग्दा फिल्मको व्यापार दयनीय छ । त्यैपनि दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माणले आफुहरु सन्तुष्ट रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्