बक्सअफिस: ‘साहो’को शोज र बुकिङ बलियो, ‘मारुनी’ दुवैमा कमजोर



रंगखबर, काठमाडौँ – भदौ १३ गते रिलिज हुने फ्रेस फिल्मका लागि मल्टीप्लेक्सका स्टेशनमा अग्रिम बुकिङ खुला गरिएको छ । यो साता नेपाली बक्सअफिसमा बलिउडको ‘साहो’ र नेपाली ‘मारुनी’ रिलिज हुँदैछन । दुवै फिल्म नेपाली दर्शकका लागि प्रतिक्षित छन् ।

३ सय ५० करोडमा बनेको ‘साहो’ले मल्टीप्लेक्समा ‘मारुनी’लाई नराम्रोसँग चपेटामा पारिदिएको छ । राजधानीबाट संचालन हुने ६ ठुला मल्टीप्लेक्सले यो साता १ सय ४२ शोज निकालेका छन् । जसमध्ये ८०.२८ प्रतिशत शो ‘साहो’ले कब्जा गरेको छ । भने, ‘मारुनी’को पक्षमा जम्मा १५.४९ प्रतिशत हिस्सा छ । यस्तै ४.२२ प्रतिशतमा पुराना फिल्म प्रदर्शन हुनेछन् ।

यो वर्ष नेपाली मल्टीप्लेक्समा रिलिज भएका फिल्म मध्ये ‘साहो’ले पाएको शोज सर्वाधिक तेस्रो ठुलो अंक हो । यसअघि हलिउडको ‘एभेन्जर्स: इन्ड गेम‘ले ८८.८८ प्रतिशत शोज कब्जा गर्दा बलिउडको ‘भारत’ले ८८.०५ प्रतिशत शोज पाएको थियो ।

त्यस्तै नेपाली फिल्मको कुरा गर्दा ‘दाल भात तरकारी‘ले सर्वाधिक ५२.२८ प्रतिशत शोज कब्जा गरेको थियो । भने, ‘जात्रै जात्रा‘ले ३७.५ र ‘वीर विक्रम २‘ले २४.३० प्रतिशतबाट व्यापार थालनी गरेका थिए । कम्तिमा पनि राजधानीका ठुला मल्टीप्लेक्समा ४० प्रतिशत माथि शोज पाउँदा नेपाली फिल्मले राहत महसुस गर्छन । तर, ‘मारुनी’लाई छुट्टयाइएको १५.४९ प्रतिशत शोज निक्कै कम हो ।

बुकिङमा पनि ‘साहो’ नै अगाडी

विहिबार ३ बजेसम्मको नतिजा हेर्न एडभान्स बुकिङमा ‘साहो’ निक्कै अगाडी देखिएको छ । उसका शो ५० देखि ९० को प्रतिशतको बीचमा भरिएका छन् । भने, ‘मारुनी’का शोज ५ देखि ५० प्रतिशतसम्मको रेञ्जमा छन् ।

कुनै-कुनै शोजमा एउटा पनि टिकट सोल्ड आउट नहुनुले ‘मारुनी’प्रतिको आशा तुहिने हो की भन्ने डर बढेको छ । अब हेर्न बाँकी छ शुक्रबारदेखि नवल नेपाल निर्देशित फिल्मले कस्तो व्यापार गर्ने छ ?

शो काउन्ट: ‘दाल भात तरकारी’लाई ‘छक्का पन्जा ३’ पछिकै उच्च शो

शो काउन्ट: अग्रिम बुकिङमा ‘वीर विक्रम २’ भन्दा ‘जात्रै जात्रा’ आगाडी

मल्टीप्लेक्सका ८९ प्रतिशत शो ‘एभेन्जर्स’लाई, त्यैपनि टिकट पाउनै मुस्किल

प्रतिक्रिया दिनुहोस्