‘मिस्टर नेपाली’ गीत रिलिज, बेहुला र बाउ बनेर नाचे भुवन



रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीले त्रिपक्षिय भूमिका निर्वाह गरेको फिल्म ‘मिस्टर नेपाली’को गीत सार्वजनिक गरिएको छ । ‘नाचौँ छम्म छम्म’को बोलको गीतमा भुवनका दुई रुप देख्न सकिन्छ ।

सार्वजनिक गीत भुवन र अभिनेत्री रिमा विश्वकर्माको विवाहको परिवेशमा खिचिएको छ । बेहुला बनेका भुवनलाई पिताको रुपमा पनि देख्न सकिन्छ । सुवास भुषालको संगीत रहेको गीतमा डेब्यु कलाकार कुशुम राउत र शाहील श्रेष्ठसहित गीतका गायक मिलन लामा र गायिका रिता केसीलाई पनि प्रस्तुत गरिएको छ ।

देव भुषालको शब्द रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । देवले नै निर्देशन गरेको फिल्ममा भुवन केसी, रिमा विश्वकर्मा, डेव्यु कलाकार कुशुम राउत, शाहिल श्रेष्ठका अलवा सरोज खनाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, कमलमणी नेपाल, रवी डंगोल, सुरेन्द्र केसीलगायतको अभिनय छ ।

देवचुली फिल्मसको व्यानरमा निर्मित फिल्म कार्तिक २९ गते रिलिज हुँदैछ । फिल्ममा प्रेमराज दाहालको लगानी छ ।

https://youtu.be/V2zg3nMylYQ

प्रतिक्रिया दिनुहोस्