साम्राज्ञीलाई खुवाए अंकितले तीजको दर (फोटोफिचर)



रंगखबर, काठमाडौँ – जेठ महिना यता नेपाली फिल्मको व्यापार ठिठलाग्दो छ । आशा गरिएका फिल्म लगातार चिप्लिरहेको अवस्थामा शुक्रबारबाट रिलिज भएको ‘मारुनी’ले पनि निराश बनाइसकेको छ ।

त्यैपनि राम्रो ब्राण्ड भ्यालु भएका फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्ने आशा मरेको छैन । असोज १० देखि रिलिज हुने फिल्म ‘रातो टिका निधारमा’मा पनि सबैको नजर परेको छ । फिल्मले युनिटले प्रचारलाई चुस्त बनाउन महिना अगाडीदेखि नै बिभिन्न कार्यक्रम गरिरहेको छ ।

शनिबार विदाको दिन टिमले आफ्ना कलाकारलाई तीजको दर खुवायो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई नव-अभिनेता अंकित खड्काले दर खुवाएको तस्विर अहिले मिडियामा छाएका छन् ।

निर्देशक अशोक शर्माले फिल्मको अफिसमा कलाकारद्वय साम्राज्ञी, अंकितसँगै बसुन्धरा भुषाल, जयनन्द लामा, खुस्बु खड्का, रविन्द्र झालगायतलाई तीजको शुभकामना दिँदै शनिबार दिउँसो दर खुवाए । कलाकार बीचको आत्मियता बढाउन र तीज विशेष शुभकामना दिन दर खाने कार्यक्रम आयोजना गरिएको निर्देशक शर्माले बताए ।

फिल्मको ट्रेलर शुक्रबारदेखि हलहरुमा प्रदर्शन भैरहेको छ । भने, युट्युबबाट मंगलबार सार्वजनिक गरिनेछ । यसपालीको दशैँमा ‘रातो टिका निधारमा’ले दर्शकलाई पूर्ण रुपमा मनोरंजन दिने निर्देशक शर्माको दावी छ ।

वैदेशिक रोजगारको विषयमा तयार ‘रातो टिका निधारमा’मा नीता ढुंगाना, बुद्दि तामाङ, शिवहरि पौडेल, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको पनि अभिनय छ ।

तस्विर: ज्ञानु राई 

प्रतिक्रिया दिनुहोस्