कस्तो बन्यो मल्टीस्टारर ‘पोइ पर्यो काले’को शिर्ष गीत ?



रंगखबर, काठमाडौँ – मल्टीस्टारर फिल्म ‘पोइ पर्यो काले’को शिर्ष गीत सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलद्वारा संगीतवद्द गीतमा सौगात मल्ल, पूजा शर्मा, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, आकाश श्रेष्ठ, सोहित मानन्धरलाई फिचरिङ गरिएको छ ।

औसत गीतमा रामजी लामिछानेको कोरियोग्राफी कमजोर देखिएको छ । कलाकारको प्रस्तुति पनि खास छैन । मोटाएकी पूजा शर्मा भद्दा देखिएकी छन् । उनले पहिलो पटक सौगात मल्लसँग जोडी बाँधेकी छन् । ‘रामकहानी’को गीत ‘तिम्रो लागि म छु’सँग तुलना गर्दा पूजा फिक्का देखिएकी छन् । यस्तै लिड कलाकार सौगातको गेटअप पनि आकर्षण लाग्दैन ।

रामचन्द्र काफ्ले र अन्जु पन्तले गाएको गीतमा आकाश/सृष्टि र सुरक्षा/सोहितको जोडी बाँधिएको छ । गीतमा सजाइएको सेट अनावश्यक लाग्छ । नृपेश उप्रेतीले गीतको शब्द सिर्जना गरेका छन् ।

शिशिर राणाको कथा/निर्देशनमा निर्मित फिल्ममा किरण नेपाली, सृष्टि खड्का, शिशिर राणा, राजाराम पौडेललगायतका कलाकारको पनि अभिनय छ । कार्तिक ८ गते रिलिज हुने फिल्मको निर्माण राजीव गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्