‘काले दाई’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ- फिल्म ‘काले दाई’को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा काले नामक युवकको माया, प्रेम, संघर्ष र सफलताको कथालाई देखाउँन खोजिएको छ।  बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई  शिव शर्माले निर्देशन गरेका हुन् । नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

ट्रेलर हेर्नुस :

फिल्ममा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ। चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । फिल्ममा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्