‘सेल्फी किङ’मा विपिन र लक्ष्मीको जोडी



रंगखबर, काठमाडौँ – अभिनेता विपिन कार्कीलाई मुख्य भूमिकामा लिएर फिल्म ‘सेल्फी किङ’ घोषणा गरिएको छ । विशाल सापकोटाको डेब्यु निर्देशन रहने फिल्ममा लक्ष्मी वर्देवाले विपिनसँग जोडी बाँध्नेछिन् ।

पछिल्लो समय विपिन र लक्ष्मी सशक्त अभिनयका कारण सबैको नजरमा परिरहेका छन् । हाँस्यकलाकारको कथामा निर्माण हुने फिल्मलाई निर्देशक दिनेश राउत र सुभाष थापाले मिलेर निर्माण गर्दैछन् ।

फिल्ममा कलाकार भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश विसुरालगायतको पनि अभिनय रहनेछ । भने, अभिनेत्री केकी अधिकारीले एक आइटम नृत्य पस्किने छिन ।

भदौ २४ बाट छायाँकनमा जाने फिल्ममा सुवास भुषालको संगीत, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन र निर्मल लामाको कोरियोग्राफी रहनेछ । फिल्मको सह-निर्मातामा राजेश विसुराल र प्रवल कोइराला रहनेछन ।

प्रतिक्रिया दिनुहोस्