‘चपली हाइट ३’ घोषणा, स्वस्तिमादेखि सुपुष्पासम्म कलाकार



रंगखबर, काठमाडौँ – निर्माता अर्जुन कुमारले फिल्म ‘चपली हाइट ३’को औपचारिक घोषणा गरेका छन् । ‘चपली हाइट’को तेस्रो भागमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट र आमिर गौतम मुख्य भूमिकामा हुनेछन । स्वस्तिमा र सुपुष्पाले ‘चपली हाइट’ सिरिजमा इन्ट्री मार्दा पुराना कलाकारमा आमिर मात्र दोहरिएका छन् ।

यस्तै यहि फिल्मबाट महेश त्रिपाठी र प्रतिक श्रेष्ठले पनि डेब्यु गर्दैछन् । दुवै जना फिल्मका मुख्य कलाकार नै हुन् । पहिलो भागमा अरुण कुमार सापकोटा र दोस्रोमा दीपेन्द्र के खनाललाई निर्देशनको जिम्मा दिएका निर्माता अर्जुनले यसपटक निर्देशक निकेश खड्कालाई भित्र्याएका छन् । अर्जुनको अघिल्लो फिल्म ‘फाटेको जुत्ता’ पनि निर्देशक खड्काले नै निर्देशन गरेका थिए ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्मित ‘चपली हाइट’ले सन् २०१२ मा उम्दा कमाई गरेको थियो । यो फिल्मको सफलता पश्चात नेपालमा एडल्ट फिल्म निर्माणको बाढी नै आएको थियो । तर, कुनै पनि फिल्म सफलता पुर्वक तैरिन सकेनन् । तर, २०१६ मा रिलिज भएको ‘चपली हाइट २’ले बक्सअफिसमा खासै जादु देखाउन सकेन ।

अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलको संयुक्त निर्माण रहने फिल्मलाई यसै वर्षको चैतमा रिलिजको लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्