विर्तामोड देखि ‘निल काँडा’ सुरु



रंगखबर, काठमाडौँ – निर्देशक दिनेशराज शर्माको निर्देशन रहने  फिल्म  ‘निल काँडा’ को सोमबार पुर्बको विर्तामोडबाट शुभ मुहर्त गरि छायाँकन सुरु गरिएको छ। मौसम फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, अर्जुन गुरुङ (भंगेरी डन ) ,रिस्ता बस्नेत ,नब नायक दिपक तिवारी ,नब नायिका तेजश्वनी बास्कोटा ,उमा बेबी ,विक्रान्त गिरि ,श्याम चौधरी ,याम खरेल लगायतका  कलाकारको अभिनय रहने छ।

फिल्ममा तेजश्वनी बास्कोटाको कथा, दिनेशराज शर्माको पटकथा/संवाद, बिकाश चौधरीको संगीत , आर.बी. खड्काको  छायाँकन,  बिनोद सापकोटाको मेकअप रहनेछ। त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने यस फिल्ममा नव नायक दिपिक तिवारी  डेब्यु गर्दै छन।  उनि फिल्ममा मुख्य साहयक निर्देशकको रुपमा पनि देखा पर्दैछन।

मङ्सिर १५ गते लाई प्रदर्शन मिति तय गरेको फिल्मको छायांकन ३० दिनको हुने जानकारी प्राप्त भएको छ। फिल्म पुर्बको रमणीय स्थलमा छायांकन गरिने फिल्मका निर्माता मुना पौडेलले जानकारी गराएकी छिन्

प्रतिक्रिया दिनुहोस्