विहिबार सन्नी लियोनी नेपाल आउदै



रंगखबर, काठमाडौँ – भोलि अर्थात विहिबार बलिउड अभिनेत्री तथा नृत्यन्गना सन्नी लियोनी नेपाल आउदै छिन् । आफु अभिनित फिल्म ‘पासवर्ड’को ग्राण्ड प्रिमियरको हिस्सा बन्न सन्नी नेपाल आउन लागेको निर्माण पक्षले जानकारी दिएको छ ।

विहिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा अवतरण गर्ने सन्नीले, बेलुका ७.३० बजे प्रिमियरको रेड कार्पेटमा मिडियासँग साक्षात्कार गर्नेछिन् । शुक्रबार नेपालका केहि स्थानमा भ्रमण गर्ने सन्नी शनिबार मात्रै भारत प्रस्थान गर्नेछिन् । उनलाई पाँचतारे होटल हायातमा बस्ने प्रबन्ध मिलाइएको छ ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’मा सन्नीको केहि सिन अभिनय रहेको निर्माण पक्षले दावी गर्दै आएको छ । अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहराको फिल्ममा मुख्य भूमिका छ ।

भदौ २७ गते शुक्रबार रिलिज हुने फिल्मका निर्माता अमित बस्नेत र हिराल जोशी हुन् । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित केआर थापाको सह-लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्