‘प्रेम संसार’को रोमान्टिक गीत रिलिज



रंगखबर, काठमाडौँ – फिल्म ‘प्रेम संसार’को रिलिज मितिसहित पहिलो गीत सार्वजनिक गरिएको छ । राम गौतम निर्देशित फिल्मले मंसीर १३ गतेको रिलिज मिति तय गरेको छ ।

रोमान्टिक नम्बर ‘सुनैना सुनैना’मा मुख्य कलाकार प्रेम सोनी गहतराज र आयुष्मा कार्की फिचरिङ छन् । अर्जुन पोखरेलको संगीत शब्द/संगीतमा बनेको गीतमा राजेशपायल राई र अन्जु पन्तको स्वर छ । निर्देशक गौतमले नै गीतको कोरियोग्राफी गरेका छन् ।

सोनी फिल्मसको प्रस्तुति रहेको फिल्ममा कविता नेपाली, प्रेम सोनी गहतराज, आयुष्मा कार्की, प्रेम बहादुर सुनार, मोनिका दाहाल, बिबिशा पाण्डे, राम गौतमलगायातले अभिनय गरेका छन् ।

प्रेम बहादुर सुनारले निर्माण गरेको फिल्ममा अर्जुन पोखरेलको संगीत र दीपेन बस्न्यातको सम्पादन तथा छायाँकन छ ।

प्रतिक्रिया दिनुहोस्