टोनी कक्कडले काठमाडौँ तताउने पक्का



रंगखबर, काठमाडौँ – ‘कोका कोला तु’, ‘धिमे धिमे’, ‘मिले तो हुम’ ‘ओह हमसफर’ जस्ता चर्चित बलिउड गीतका गायक टोनी कक्कडको पहिलो पटक काठमाडौंमा लाइभ प्रस्तुति हुनेभएको छ । सि. एन. आई. इभेन्ट्सको तर्फबाट आयोजना हुन लागेको ‘टोनी कक्कड लाइभ इन नेपाल’मा टोनीले प्रस्तुति दिनेछन् ।

कार्यक्रम यहि (सेप्टेम्बर १९) असोज २ गते बिहिबार ठमेलस्थित ‘क्लब फहरेन्हाइट’मा हुनेछ । भिजिट नेपाल २०२० को अबसरमा हुन लागेको भनिएको उक्त कार्यक्रममा उपस्थित भइ साथ दिन टोनीले एक भिडियो सन्देशमार्फत आग्रह पनि गरेका छन् ।

टोनीको कार्यक्रमको ओपनिङमा दि फ्रिकस्ट्रिट ब्याण्डले प्रस्तुति दिनेछ । कार्यक्रम बिहिबार साँझ ८ बजेबाट सुरु भइ बिहान ४ बजेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्