मुटुमा बास खोज्दै मिलन



रंगखबर, काठमाडौँ – गायिका मिलन नेवारले नयाँ गीत ‘देउन मलाई बास’ सार्वजनिक गरेकी छन् । सयौँ हिट गीतमा स्वर दिएकी गायिका नेवारले यस गीतमा अभिनय पनि गरेकी छन् ।

राजनराज सिवाकोटीले संगीत भरेको मेलोडी गीतमा डा: राजुबाबु श्रेष्ठले शब्द लेखेका छन् । राजेशपुमा राईले निर्देशन गरेको गीतको भिडियोलाई उत्सव दाहालले खिचेका छन् ।

एल्बम ‘मिलन २’मा समावेश गीतमा विकास दाहालको सम्पादन र संजिव बराइलीको एरेन्ज छ । लोकनृत्यका गीतमा सफलता कमाएका संगीतकार राजनराजले मेलोडीमा संगीत भर्न पाउँदा खुसि व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्