‘काले दाई’ गीत: प्रेम पिडामा इन्द्र र अनु



रंगखबर, काठमाडौँ – असोज १७ गते रिलिज हुने फिल्म ‘काले दाई’को मार्मिक गीत रिलिज भएको छ । ‘यो दुनियाँ मेरो लागि’ बोलको गीतमा मुख्य पात्र इन्द्र रामजाली र अनु पराजुलीको प्रेमपिडा महसुस गर्न सकिन्छ ।

पवनवाङ लामाको संगीत रहेको गीतमा इन्द्र र गोविन्द श्रेष्ठको शब्द सिर्जना छ । नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापाले गीतमा स्वर दिएका छन् । शिव शर्मा निर्देशित फिल्मले कालो वर्णको युवकको जीवनको उतार-चढाव र जातीय भेदभावको कथा भन्छ ।

इन्द्र र किशन अर्यालले लेखेको कथामा शिशिर भण्डारी, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठलगायतका कलाकारको पनि अभिनय छ ।

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा पवन गौतमको छायाँकन, कुमार महर्जनको द्वन्द, तारा थापा (किम्भे)को सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया दिनुहोस्