अंकितसँग विद्यालय पुगिन साम्राज्ञी !



रंगखबर, काठमाडौँ – ‘रातो टिका निधारमा’ डेब्यु व्वाय अंकित शर्माले आफु पढेको स्कुलमा फिल्मको प्रचार गरेका छन् । रिलिजको नजिक हुँदा ‘रातो टिका निधारमा’ टिम प्रचारमा व्यस्त छ ।

सोमबार काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा पुगेर अंकितले आफ्ना विगत सम्झदै फिल्मको बारेमा भलाकुसारी गरे । निर्देशक अशोक शर्माले यहाँबाट फिल्मको कलेज/स्कुल क्यामियन सुरु हुने जानकारी गराए ।

‘हामीले बाबु-आमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफुलाई जुन विषय र क्षेत्रमा इच्छ्या जाग्छ, त्यतैतिर ध्यान लगाएर पढ्नु पर्छ । तब मात्र हामि पढाईमा सफलता हाँसिल गर्न सक्छौँ ।’ अंकितले भने ।

यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । ‘होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस गर्थ्ये । बाल्यकाल उहाँहरुसँगै वितोस भन्ने चाहना हुन्थ्यो । तर, पनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथे । उहाँहरुले साथले कहिले-काहिँ परिवार नै बिर्साइदिन्थ्यो ।’ उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् ।

अभिनेताद्वय बुद्दि तमाङ र रविन्द्र झाले दशैँको अवसरमा स-परिवार मिलेर ‘रातो टिका निधारमा’ हेरिदिन आग्रह गरे । मल्पी स्कुलका सदस्यले ‘रातो टिका निधारमा’ टिमलाई सफलता र दशैँ-तिहारको पनि शुभकामना दिएका थिए ।

फिल्ममा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको फिल्ममा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्