र्‍यापर वन्ताईले आज काठमाडौं तताउने !



भारतिय चर्चित र्‍यापर इमिवे बन्ताईले काठमाडौं तताउने भएका छन् । अल्फा इन्टरटेन्मेन्ट एण्ड इभेन्ट्सको आयोजनामा हुने ‘इमिवे बन्ताई लाइभ इन नेपाल’मा शुक्रबार उनले आफ्नो र्‍याप सुनाउने छन् ।ठमेल स्थित क्लब फहरेनहाइटमा सांझ ८ बजेबाट उनको प्रस्तुति सुरु भई मध्यरातसम्म चल्नेछ । उक्त कार्यक्रममा प्रस्तुति दिन बन्ताई बिहिबार सांझ आफ्नो जम्बो टिमसहित काठमाडौं आइसकेका छन् । युवा पुस्तामाझ चर्चित र्‍यापर बन्ताई वलिउडमा ‘हिप हप र्‍यापर’को रुपमा परिचित छन् ।

भारतमा टप थ्री र्‍यापरको सुचीमा अग्र स्थानमा पर्ने बन्ताईका पछिल्ला र्‍याप गीत ‘मचाइङ्गे’, ‘ध्यान दे’, ‘गिरफ्तार’, ‘जम्प कर’, ‘खतम’ चर्चित छन् । उनिसँगै चर्चित नेपाली गायक नरेन लिम्बुको टिमले पनि प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले बताएको छ । साथमा र्‍यापर ट्रिक्स दोङसँगै डिजेहरु बिकी कुल, यश र श्यामले फहरेनहाइटमा उपस्थित हुने दर्शक झुमाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्