धुर्वको मार्मिक गीत ‘मनका कुरा मनै रैग्या’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक धुर्ब बिस्को देउडा शैलीको मार्मिक गीत सार्वजनिक गरेका छन् । ‘मनका कुरा मनै रैग्या’ बोलको गीतमा जातीयता र धनि-गरिब बीचको विभेद देखाइएको छ ।

पश्चिमेली भाका र लवज प्रयोग गरिएको गीतको भिडियोमा पुष्प खड्का, रश्मी भट्ट, दिनेश डिसी, सारदा गिरीलगायातले अभिनय गरेका छन् । ३५-४० भन्दा बढी गीतमा स्वर दिइसकेका गायक धुर्व आफैले भिडियोको निर्देशन गरेका हुन् ।

कृष्ण केसीको शब्द श्रिजना रहेको गीतमा धुर्वले नै संगीत भरेका छन् । काठमाडौँ र धर्मस्थलीमा खिचिएको गीतले दर्शक/श्रोताबाट राम्रो प्रतिक्रिया पाउने धुर्वले आशा लिएका छन् । विहिबार आफ्नो जन्मदिनको अवसर पारेरले उनले गीत सार्वजनिक गरेका हुन् ।

https://youtu.be/Pm3peFnc6Ik

प्रतिक्रिया दिनुहोस्