टोनी कक्करको स्थगित नेपाल कार्यक्रम पुन: तय



रंगखबर, काठमाडौँ – भारतीय गायक टोनी कक्करको स्थगित नेपाल कार्यक्रम पुन: तय भएको छ । सि.एन.आई इभेन्ट्सले २५ अक्टुबरमा टोनीलाई क्लब फरेनहाइटमा उतार्ने छ ।

उनि सेप्टेम्बरमै नेपाल आउने कार्यक्रम थियो । तर, प्राविधिक कारणबस आउन पाएनन् । लाइभ प्रस्तुतिमा उनले ‘कोका कोला’, ‘मिले हो तुम हमको’, ‘कुछ कुछ’, ‘ओ हमसफर’ जस्ता आफ्ना हिट नम्बर सुनाउने छन् ।

‘टोनी कक्कर लाइभ’मा २५ सय र ३५ सय प्रवेश शुल्क तय गरिएको छ । तर, कार्यक्रमकै दिनमा टिकट लिँदा ३५ सयदेखि ५ हजारसम्म रकम लाग्ने कार्यक्रम संयोजक निराजन गिरीले बताएका छन् । त्यसैले समयमै आफ्नो स्थान सुरक्षित गर्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्