प्रेममा सुशील र आमिर !



रंगखबर, काठमाडौँ – ‘बादशाह जुट’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘सुसाइड’ बोलको रोमान्टिक नम्बरमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ, आमिर गौतम, रोषी खड्का र केइसा रावत फिचर्ड छन् । यी चारको बीचको प्रेममा गीतको भाव बगेको छ ।

कार्तिक १५ गते रिलिज हुने फिल्मको गीतमा कोसिस क्षेत्रीको संगीत र स्वर छ । भने, गायकीमा रुपक डोटेलले साथ दिएका छन् । विक्रम स्वाँरले कोरियोग्राफी गरेको गीतका रचनाकार निर्देशक जोनी सिंह राणा हुन् ।

अभिषेक शशि कुमारको पटकथामा राजु कार्कीले छायाँकन, राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन, र कृष्ण भारद्वाज/कोसिस क्षेत्री/मोहित मुनालले संगीतको काम गरेका छन् । फिल्मले आफुलाई बादशाह ठान्ने दुई युवकको उतारचढावको कथा प्रस्तुत गरेको छ ।

एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की)ले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्