‘दबंग ३’ ट्रेलरमा सलमानको भरपुर एक्सन, कमेडी र रोमान्स



रंगखबर, काठमाडौँ – सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर रिलिज भएको छ । ३ मिनेट २२ सेकेण्ड लामो ट्रेलर पूर्ण एक्सन प्याक्ड छ । सलमानको चुलबुल पाण्डे रुपले पुन: मनोरंजन दिनेमा दुई मत छैन ।

ट्रेलरमा सलमानको एक्सन, कमेडी र रोमान्सलाई अगाडी ल्याइएको छ । यसपटक सलमानको अपोजिटमा सुदीप किच्चाले नकारात्मक भूमिका निर्वाह गरेका छन् ।

प्रभु देवाले निर्देशन गरेको फिल्ममा सोनाक्षी सिन्हा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ । साई मज्रेकरले यहि फिल्मबाट बलिउड डेब्यु गरेकी छन् ।

२० डिसेम्बरमा रिलिज हुने फिल्ममा सलमानकै कथा र पटकथा छ । उनिसँग पटकथामा प्रभु देवा, दिलिप शुक्ला र अलोक उपाध्यायले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्