‘प्रेमगीत ३’ मोसन पोस्टरमा प्रदीपको यस्तो लूक्स



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’को मोसन पोस्टर रिलिज गरिएको छ । पोस्टरमा प्रदीपको योद्धा अवतार प्रस्तुत गरिएको छ ।

पोस्टर सार्वजनिक गरेसँगै फिल्मको प्रि-प्रोडक्सनको काम पनि लगभग सकिएको छ । शुक्रबारदेखि जम्बो टिम छायाँकनमा उत्रदैछ । २ सय वर्ष पुरानो कथालाई निर्माण पक्षले चैत २८ मा रिलिज गर्नेछ ।

छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा बन्ने फिल्मबाट क्रिष्टिना गुरुङले डेब्यु गर्दैछिन् । फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ ।

आशुसेन फिल्मस् प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको सिनेमामा राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्