शिल्पा विरुद्द विवाह बदरको मुद्दा खारेज



रंगखबर, काठमाडौँ – फिल्म निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल बीचको पारिवारिक मुद्दामा नयाँ ट्वीस्ट आएको छ । शिल्पा तर्फका वरिष्ठ अधिवक्ता रमेश प्रसाद गुरागाईंले छवीले हालेको विवाह बदरको मुद्दा खारेज भएको खुलासा गरेका हुन् ।

घरेलु हिँसामा परेपछि शिल्पाले छवि विरुद्द सम्वन्ध विच्छेद्द, मानाचामल र अंश बाँडफाँडको मुद्दा हालेकी थिइन् । त्यसपछि छविले आफ्नो बचाउका लागी विवाह बदरको मुद्दा लिएर जिल्ला अदालत पुगेका थिए । जिल्लाले मुद्दा दर्ता गर्न नमानेपछि उनि उच्च अदालत पाटन पुगेका थिए ।

कार्तिक १४ गते मुख्य न्यायधिस नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले छविको मुद्दा खारेज गरेको हो । छविको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । भने, शिल्पा तर्फ अधिवक्ता गुरागाईं थिए ।

गुरागाईंले छविलाई पुर्वपत्नीहरुको साथ मिलेको पनि खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्