मल्टीप्लेक्समा ‘घामड शेरे’लाई ३२.९१ प्रतिशत स्थान, उछिन्यो बलिउड र हलिउड



रंगखबर, काठमाडौँ – यो साता रिलिज नेपाली बक्सअफिसमा  चार फिल्म रिलिज भएका छन् । नेपाली ‘घामड शेरे’ र ‘जीवन काँडा की फुल’ मैदानमा उत्रिएका छन् । भने, बलिउडको ‘बाला’ र हलिउडको ‘लास्ट क्रिसमस’ नेपाली बक्सअफिसमा आइपुगेका छन् ।

यी फिल्मको लागी मल्टीप्लेक्सले अग्रिम बुकिङ पनि खुला गरेका छन् । यो साता ‘घामड शेरे’ले सर्वाधिक शोज पाएको छ । अग्रिम शोज संख्यामा उसले बलिउड र हलिउडलाई पनि उछिनेको छ । हेरौँ कुन फिल्मले कति प्रतिशत शोज कब्जा गरेका छन् त ।

‘घामड शेरे’लाई ३२.९१ प्रतिशत शो

निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर फिल्म कार्तिक ८ गते कम शोज पाएको झोकमा स्थगित भएको थियो । झन्डै २ साता पछि हलमा आउँदा फिल्मलाई सुरुवाती शोजमा लाभ मिलेको छ । यो साता निर्धारित १ सय ५८ शोजमा ‘घामड शेरे’ले ३२.९१ (५२) प्रतिशत शोज हात पारेको छ ।

हेमराज बिसीको निर्देशित फिल्मले पाएको शोज राम्रो हो । फिल्मलाई क्युएफएक्सले अलनेपाल २९ शोज छुट्ट्याएको छ । उसले पुर्वनिर्धारित मितिमा जम्मा ११ शोज दिएको थियो । यस्तै बिग र एफक्युबले समान ५/५ शोज दिएका छन् । भने, बिएसआर, क्युज र सिडिसीले समान ३/३ शोको भाग बाँडेका छन् । बानेश्वरमा अवस्थित वान सिनेमाजले ४ शो दिएको छ ।

‘जीवन काँडा की फुल’को कमजोर क्षेत्रफल

साहित्कार झमक घिमिरेको कृति ‘जीवन काँडा की फुल’मा आधारित फिल्मले अलनेपाल ३.१६ (५) प्रतिशत शो कब्जा गरेको छ । यो मल्टीप्लेक्समा पाएको दयनीय अंक हो । क्युएफएक्सले ४ शो बाड्दा क्युजले १ शो मात्र दिएको छ ।

यस्तै बलिउडको ‘बाला’ले २७.२१ (४३) र हलिउडको ‘लास्ट क्रिसमस’ले ८.८६ (१४) प्रतिशत शो कब्जा गरेका छन् । ‘हाउसफुल ४’ १५.८२ (२५), ‘छ माया छपक्कै’ ६.९६ (११), ‘टर्मिनेटर: डार्क फेट’ ३.१६ (५), ‘कबड्डी कबड्डी कबड्डी’ १.२६ (२) र ‘पोइ पर्यो काले’ ०.६३ (१) प्रतिशतमा खुम्चिएका छन् ।

प्रतिक्रिया दिनुहोस्