क्युएफएक्सको दशौँ स्टेशन भक्तपुर भाटभटेनी



रंगखबर, काठमाडौँ – क्युएफएक्स सिनेमाजले देशमा अर्को मल्टीप्लेक्स शाखा थपेको छ । भक्तपुरको भाटभटेनी सुपरमार्केटमा क्युएफएक्सले तीन पर्दाको अत्याधुनिक हल संचालनमा ल्याएको हो । कम्पनिको यो दशौँ स्टेशन हो ।

सात सय क्षमताको तीन पर्दामा क्यूथ्रीडी प्रोजेक्सन र डल्बी एट्मस ध्वनी प्रविधि जडान गरिएको छ । भने, रिसलाइनर सोफा पनि प्रयोग गरिएको छ । जसले दर्शकलाई आरामदायी आसनको सुविधा दिनेछ ।

अबको तीन महिनामा बुटवल र विराटनगरमा पनि दुई मल्टीप्लेक्स संचालनमा ल्याउने तयारी भैरहेको रेगल सिनेमा प्रमुख एवं क्यूएफएक्स निर्देशक नकिम उद्दिनले बताए । भक्तपुरको तीन पर्दासँगै क्युएफएक्सले देशभर २३ पर्दा पुर्याएको छ । मल्टीप्लेक्सको इतिहाँसमा यो सर्वाधिक हो ।

राजधानीको जय नेपाल हलबाट सेवा सुरु गरेको क्युएफएक्सको उपत्यकामा कुमारी, सिभिल मल, लाबिम मल र छायाँ सेन्टरमा मल्टीप्लेक्स संचालित छन् । यस्तै मोफसल तर्फ नेपालगंज, विर्तामोड, चितवन र पोखरामा शाखा विस्तार गरेको छ ।

तस्विर: ज्ञानु राई

प्रतिक्रिया दिनुहोस्