शिल्पालाई जिल्ला अदालतले गर्यो रिहा, छवीको खोजी तिव्र



रंगखबर, काठमाडौँ – निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीचको पारिवारिक मुद्दा अहिले काठमाडौँ जिल्ला अदालतमा सुनवाईको अवस्थामा छ । घरेलु हिँसापछि शिल्पाले छवी विरुद्द अंश, मानाचामल र सम्वन्ध विच्छेद्दको मुद्दा हालेकी थिइन् । त्यसपश्चात छविकी पहिली पत्नी हेमा ओझाले दुवै विरुद्द बहुविवाहको मुद्दा हालिन् । केहि दिन अघि शिल्पालाई सम्माननीय सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायधिस चोलेन्द्र शमशेर राणाको एकल इजलासले पक्राउ नगर्न आदेश दिएको थियो।  त्यस पश्चात निर्माता छवि ओझासँगको बहुविवाह मुद्दामा शिल्पा पोखरेल शुक्रबार जिल्ला अदालत काठमाडौं हाजिर भएकी थिइन्। न्यायाधीश मुकेश उपाध्यायको इजलाशले शिल्पालाई साधारण तारेखमा रिहा गर्ने आदेश गरेको हो । अबभने नायिका शिल्पा पोखरेल बहुविवाह मुद्दामा जिल्ला अदालत काठमाडौंबाट साधारण तारेखमा रिहा भएकी छन्।

छवि ओझा र जाहेरीकर्ता हेमाकुमारी ओझाबीच २०४१ सालमा बिहे भएको र २ सन्तान पनि भएको तथा २०५१ सालमा ,छबि , हेमा र २ छोरा सहितको अंशबन्डा भएकाले, २०७३ साल असाढ १९ गते अभिनेत्री रेखा थापा संगको १२ बर्षे बैबाहिक सम्बन्धबाट पनि पारपाचुके गरेको र रेखा थापा संग पनि ६५ लाख सहितको अंशबन्डाको प्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ।

यस अघि छविले वि:स. २०७३ सालको शिल्पा संगको विवाहलाई बदर गराउन मुद्दा लिएर काठमाडौँ जिल्ला अदालत पुगेका थिए र काठमाडौँ जिल्ला अदालतले मुद्दा लिन नमानेपछि उनि उच्च अदालत पाटनको ढोका ढकढक्याउन पुगे । कार्तिक १४ गते मुख्य न्यायधिस नहकुल सुवेदी र अनन्तराज डुम्रेको इजलासले छविको मुद्दा खारेज गरेको हो । उक्त मुद्दाको लागी छविले बरिष्ठ अधिवक्ता शम्भु थापालाई वकिल राखेका थिए । थापा नेपालका वरिष्ठ र अनुभवी अधिवक्तामा गणना हुन्छन ।

शिल्पा पोखरेलले रंगखबरसँग भनिन ‘नेपालको सम्माननिय अदालत र नेपालको कानुनमा मलाई बिस्वास छ र मलाई निर्दोषले सजाय पाउदैन र सत्य को संधै जीत हुन्छ र म निर्दोष छु त्यसैले म अन्तिम श्वाश सम्म लड्न तयार छु’ ।

प्रतिक्रिया दिनुहोस्