सुशान्त सिंह राजपुतलाई डेंगु



रंगखबर, काठमाडौँ – पछिल्लो समय दक्षिण एसियामा डेंगु रोगले प्रकोप गाडेको छ । नेपालसँगै भारतलगायतका देशमा यसको बढ्दो प्रभावले कुनै क्षेत्र छुट्टाएको छैन ।

यसको असर बलिउडमा व्यापक देखिएको छ । पछिल्लो रिपोर्ट अनुसार अभिनेता सुशान्त सिंह राजपुत डेंगुको शिकार बनेका छन् ।

केहि दिनदेखि अवस्थता चेकअप गर्दा चिकित्सकले उनलाई डेंगु भएको बताएका छन् । उनलाई आराम गर्न भनिएको छ ।

डेंगुकै कारण सुशान्तले आबु धावीमा हुने एक कार्यक्रम पनि स्थगित गर्नु परेको भारतीय मिडियाले खबर छापेका छन् ।

यो भन्दा अगाडी श्रद्दा कपूर, धर्मेन्द्र, टेलिभिजन अभिनेत्री मोहसिन खान र हाँस्य कलाकार भारती सिंह जस्ता कलाकार पनि डेंगुबाट ग्रसित बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्