‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज घोषणा



रंगखबर, काठमाडौँ – ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्ज सफलता पुर्वक सम्पन्न गरेको संस्था ‘वि विल राइज फाउन्डेसन’ले यसको दोस्रो संस्करण घोषणा गरेको छ ।

स्थानीय ठाउँ, सांस्कृतिक सम्पदा, भेषभुषालगायतका पर्यटकीय दृष्टिकोणले अब्बल, तर उचित प्रचार नपुगेका क्षेत्रलाई उजागर गर्ने हेतुले यो च्यालेञ्ज सुरु गरिएको हो । यसमा सहभागिता जनाउन आफ्नो क्षेत्रलाई भिडियो मार्फत देखाउनु पर्ने आयोजकले बताएको छ ।

फुल एचडी (१९२०*१०८०) पिक्सेलमा ५ मिनेटसम्मको भिडियो बनाएर जो-कोहिले यस च्यालेञ्जमा सहभागिता जनाउन सक्नेछन । सय दिनसम्म चल्ने च्यालेञ्ज डिसेम्बर १ देखि खुल्ला गरिएको छ । यो मार्च ९ मा सकिनेछ ।

च्यालेञ्जमा सहभागी हुन् चाहनेले भिडियो निर्माण गरेर कम्पनिको वेवसाइटमा पठाउनु पर्नेछ । निर्णायक मण्डलले १० विधामा अवार्डको लागि उत्कृष्ट ७० भिडियो छनोट गर्नेछन् ।

आयोजकले बेस्ट भिडियोलाई पाँच लाख, पब्लिक च्वाइस अवार्डलाई तीन लाख र बेस्ट डाइरेक्टरलाई तीन लाख नगद पुरस्कार दिनेछ ।

यस्तै वुमन भिडियो मेकर अफ द इयर, फ्युचर स्टार अफ द इयर, मोष्ट पोटेन्सियल डेस्टीनेसन, मोष्ट एनरजेटिक भिडियो मेकर, बेष्ट स्क्रीप्ट भ्वाईस ओभर, बेस्ट सिनेमाटोग्राफर र बेस्ट एडिटर विधामा जित्नेले जनही १ लाख पाउनेछन ।

नेपाली पर्यटकीय क्षेत्र र सरकारको ‘पर्यटन वर्ष – २०२०’ सफल पार्न यस्तो खालको प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका निर्देशक निर्मल श्रेष्ठले बताए । च्यालेञ्जको बारेमा अन्य जानकारीको लागि ‘वि विल राइज फाउन्डेसनको’ आधिकारिक वेवसाइट भिजिट गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्