अर्पण थापाको ‘चपली हाइट ३’ हुलिया



रंगखबर, काठमाडौँ – छायांकनरत फिल्म ‘चपली हाइट ३’मा अभिनेता अर्पण थापाले प्रवेश पाएका छन् । निर्माण पक्षले फिल्मको लागि उनको हुलिया पनि सार्वजनिक गरेको छ ।

प्राय: भिन्न भूमिकामा देखिने अर्पणले ‘चपली हाइट ३’मा निरन्तरता दिएका छन् । दुई पट्टि मुख सिलाएको उनको हुलिया डरलाग्दो छ । फिल्ममा उनले खलपात्रको भूमिका निर्वाह गर्न सकेको अड्कल काट्न सकिन्छ । तर, यसबारे आधिकारिक सुचना बाहिरिएको छैन ।

निकेश खड्काले निर्देशन गरिरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतिक श्रेष्ठ एक्सन कटमा छन् । अर्पणको आगमनसँगै फिल्म मल्टीस्टाररको स्वरुपमा ढल्दैछ ।

अर्जुन कुमारको निर्माणमा बनिरहेको फिल्म चैत २८ गते रिलिज हुँदैछ । यहि मितिमा प्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ पनि रिलिज हुनेछ । यदि यो क्ल्यास सम्भव भएमा वर्षको ठुलो भिडन्तको रुपमा लिइनेछ ।

अर्जुन कुमार फिल्मस् व्यानरको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्