प्रेम परियार र समिक्षा बस्नेतको ‘पर्खि बस फर्की आउनेछु’ फ्लोरमा



रंगखबर, काठमाडौँ – निर्देशक राज बहादुर सानेले नयाँ फिल्म घोषणा गरेका छन् । उनको निर्देशन रहने फिल्म ‘पर्खि बस फर्की आउनेछु’को सोमबार तुलसीपुरमा शुभ-साइत गरिएको छ ।

टिनएज प्रेमकथामा आधारित हुने फिल्ममा गायक प्रेम परियार र नवकलाकार समिक्षा बस्नेतको मुख्य भूमिका रहनेछ । फिल्मले अपाङ्ग केटिको टिनएजमा हुने रहर र बाध्यताको कथा भन्नेछ ।

बालगायनको सफलता पश्चात ब्रेक लिएका प्रेमले अभिनयमा डेब्यु गर्न लागेका हुन् । प्रेम ‘नाइँ नभन्नु ल’ सिरिजमा स्वर दिएपछि एकाएक चर्चामा आएका थिए ।

रोशन कुमार थापा प्रस्तुतकर्ता रहेको फिल्ममा खेमराज बिकको कार्यकारी निर्माण रहनेछ । भने, यमकान्त भण्डारीले फिल्म निर्माण गर्नेछन् ।

फिल्ममा बसन्त सापकोटा, एलिश कार्की, कृष्ण भारद्वाज र कर्साङ्ग लामाले संगीत, अरुण सुनारको छायांकन र सानुकुमार महर्जनको द्वन्द्व रहनेछ । फिल्मको छायांकन सोमबारबाटै सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्