दीपेन्द्रको शब्दमा ‘रंग भित्रको’, राजाप्रतिको एकोहोरो प्रेममा रानी



रंगखबर, काठमाडौँ – संचारकर्मी दीपेन्द्र घिमिरेको शब्द शृजनामा तयार गीत ‘रंग भित्रको’ सार्वजनिक भएको छ । एसडी योगीले संगीत भरेको गीतमा गायिका मेनुका पौडेलले स्वर दिएकी छन् ।

गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

शान थापाले गरेको भिडियो निर्देशनमा एक रानीको राजाप्रतिको एकोहोरो प्रेम प्रस्तुत गरिएको छ । भिडियोको मुख्य पात्रमा अभिनेत्री नीता ढुंगाना र मोडल निराजन प्रधानले अभिनय गरेका छन् ।

अनिल के मानन्धरले खिचेको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्